संयुक्त विद्यार्थी संगठनले निकाल्यो राजधानीमा सिठ्ठी जुलुस

२०७८, २४ असार बिहीबार १७:०६

काठमाडौं । संयुक्त विद्यार्थी संगठनले बिहीबार भ्रष्टाचार र महँगीविरुद्ध सिठ्ठी जुलुस निकालेको छ ।

फाइल फोटो

७७ वटै जिल्लामा जुलुस निकाल्ने पूर्वनिर्धारित कार्यक्रमअनुसार विद्यार्थी संगठनले राजधानीमा पनि सिठ्ठीजुलुस निकालेका हुन् । राजधानीको माइतीघरमा भेला भएका विद्यार्थी संगठन सिठ्ठी बजाउँदै नयाँ बानेश्वरसम्म पुगेका थिए ।

विद्यार्थी सङ्गठनहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै आजै नेपाल आयल निगमलाई ज्ञापन पत्र समेत बुझाएका थिए । सरकारको विरोध गर्दै आन्दोलित बन्नेमा नेपाल विद्यार्थी सङ्घ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल (छैटौँ) रहेका छन् । 
Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु