नेप्सेको ओरालो यात्रा, १६.९७ अंकले घट्दा कारोबार साढे ४ अर्बमा सीमित

२०७८, २३ असार बुधबार १६:४३

काठमाडाैं। लगातार घटिरहेको सेयरबजारमा आज पनि दोहोरो अंकको गिरावट आएको छ। साताको चाैथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६.९७ अंकले घटेर २८०१.१३ विन्दुमा कायम भएको हो।

नेप्सेमा कूल चार अर्ब ५८ करोड ५८ लाख ६१ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। कूल २२२ वटा कम्पनीका एक करोड १६ लाख ६४ हजार २०७ कित्ता सेयर ४६ हजार १८३ पटक खरिद-बिक्री भएका थिए। आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १.५० अंकले घटेर ५२५.२५ विन्दुमा कायम भएको छ।

नेप्सेका अनुसार आज सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ३.१६ प्रतिशतका दरले कमाएका छन्। माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ५.४५ प्रतिशतका दरले गुमाएका छन्। आज छिमेकी लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयर सबैभन्दा धेरै ४३ करोड ५४ लाख २७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। संख्यात्मक आधारमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम-२ सबैभन्दा धेरै १४ लाख ९४ हजार ६९३ कित्ता र माथिल्लो तामाकोशी हाइड्रोपावरका सेयर सबैभन्दा धेरै तीन हजार ११३ पटक किनबेच भएका थिए।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु