कहिल्यै पनि फेसबूकमा यस्ता गल्ती नगर्नुहोस् !

२०७८, २२ असार मंगलवार १०:४६

काठमाडौं । हिजोआज सामाजिक सञ्जालबाट विमुख भएर बस्नै सकिँदैन । अनि फेसबूक धेरैले चलाइरहेका हुन्छन् र दिनभरि के के पोस्ट गरिरहन्छन् ।

फाईल फोटो

फेसबूकमा केही पोस्ट गरेर फ्रेन्ड लिस्टमा भएका मानिसको ध्यान खिच्ने ध्येय सबैको हुन्छ । अनि लाइक र कमेन्टको अपेक्षा पनि हुन्छ । लाइक र कमेन्ट गन्दा राम्रो लाग्न सक्छ तर वास्तविकता भिन्नै हुन सक्छ । ​

यहाँ हामी फेसबूकमा गर्नै नहुने गल्तीका बारेमा चर्चा गर्नेछौं ।

व्यक्तिगत सूचना शेयर गर्ने

फेसबूकमा केही पोस्ट गर्नुअघि राम्ररी समीक्षा गर्नुस् र पोस्ट बटन थिच्नुअघि कतिसम्मको व्यक्तिगत सूचना दिने भनी सोच्नुस् । नजिकैका साथीभाइ, परिवार वा सहकर्मीहरूसँग बिताएका क्षणको फोटो वा कुरा पोस्ट गर्नैपर्छ भन्ने छैन । 

रक्सी पिएको बेलामा पोस्ट गर्ने

रक्सी पिएर गाडी नचलाउन भनिएझैं फेसबूक चलाउँदा पनि रक्सी पिउनु हुँदैन । नशाको सुरमा जथाभावी कुरा पोस्ट हुन सक्छ । रक्सी पिएको बेलामा फेसबूक वा अन्य सामाजिक सञ्जालमा पोस्ट गर्न नमिल्ने यापहरू पनि बनेका छन् । 

जो पायो त्यहीसँग फ्रेन्ड हुने 

तपाईंको फ्रेन्ड लिस्टमा ६०० मानिस छन् भन्दैमा तपाईंका ६०० साथी छन् भन्ने अर्थ लाग्दैन । त्यसैले नचिनेका जो पायो त्यहीलाई साथी नबनाउनुस् । तपाईंले व्यक्तिगत कुरा शेयर गर्ने प्ल्याटफर्म भएकाले कुनै ऐरेगैरेलाई त्यसको पहुँच दिनु ठीक छैन । 

घरको विस्तृत विवरण दिने

तपाईंको घरको ठेगाना, अफिसमा बिताउने समय लगायतका कुरा फेसबूकमा पोस्ट नगर्नुहोला । तपाईंमाथि निगरानी गर्नेका लागि त्यो गजबको खजाना हो । 

सन्तानका फोटा शेयर गर्ने

आफ्ना सन्तानको तस्वीर सकेसम्म कमै शेयर गरेको राम्रो हुन्छ । परिवारको फोटो राख्दा विस्तृत विवरण दिनुपर्दैन । बच्चाले के खान मन पराउँछन्, उनीहरूको विद्यालयको सूचना लगायतका कुरा कहिल्यै पोस्ट नगर्नुस् । 

सम्पत्ति देखाउने 

तपाईंले नयाँ कार किन्नुभयो, लटरी जित्नुभयो वा हालसालै ठूलो लगानी गर्नुभयो भने त्यसलाई फेसबूकमा हल्ला गर्नुपर्दैन । पैसाका कुरा प्राइभेट नै राखेको राम्रो । त्यस्ता कुरा पोस्ट गर्दा हुने दुष्परिणाम भयानक हुन्छन् । 

कसैलाई फेसबूक वा मेसेन्जरमा गालीगलौज गर्ने

कसैलाई पनि फेसूबकमा गाली गर्ने वा अश्लील शब्द प्रयोग गर्ने काम नगर्नुस् । तपाईंका गालीलाई स्क्रीनशट गरेर कसैले पछि तपाईंविरुद्ध त्यसलाई उपयोग गर्न सक्छ । 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु