यस्तो छ जापानको अध्यागमन कार्यालयले जारी गरेको सिओइको बारेमा नयाँ अपडेट

२०७८, २२ असार मंगलवार १०:१७

टोकियो/जापान । जापानको  अध्यागमन बिभागले बिभिन्न समयमा जारी गरेका सिओइको म्याद थप गरेको छ । इमिग्रेशनमार्फत जारी भैसकेका वा हुने सिओइ (सर्टिफिकेट अफ इलिजिबिलीटी) पछिल्लो अपडेटयस्तो छ ।कोरोना महामारीका कारण जापानले लगाएको प्रबेश प्रतिबन्धका कारण भिषा(सिओइ) प्राप्त गरेपनि बिदेशीहरु जापान प्रबेश गर्न पाएका छैनन् । जापान प्रबेशका लागि प्रतिक्षामा रहेकाहरु सिओइको म्याद सकिए पछि के हुन्छ भन्नेमा अन्योल थिए ।

तर जापान अध्यागमनको वेवसाइटमा हालसालै प्रकाशित सूचना अनुसार गतबर्ष २०२० जनवरी १ तारिकदेखि २०२१ सालको जुलाई ३१ सम्म अध्यागमनले जारी गरेका सिओइहरुको म्याद थप भई २०२२ को जनवरी ३१ सम्म पुगेको छ । त्यस्तै यही बर्ष २०२१ अगस्त १ तारिक देखि २०२२ जनवरी ३१ सम्म जारी हुने सिओइको म्याद पहिलेझै ६ महिना कायम रहने सूचनामा उल्लेख छ ।

सिओइको म्याद थप गरिए पनि जापान प्रबेश गर्न भने दिइएको छैन । कोरोनाको महामारीले गर्दा जापानले नयाँ भिसा जारी गर्न बन्द गरेको हो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु