[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]
काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफू कुनै पनि समूहमा नलागेको स्पष्ट पारेका छन् ।
बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै उपाध्यक्ष गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि परेको अविश्वासको प्रस्ताव विफल पार्दैआइरहेको बताएका छन् ।
उनले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव लैजाँदा प्रचण्ड–माधव नेपाल पक्षले आफूलाई नसोधेको बताएका छन् । गौतमले आफूभएको भए अविश्वास प्रस्ताव आएपछि पार्टी जोगाउन प्रधानमन्त्रीबाट राजीनामा दिने थिएँ भन्दै भने, ‘प्रधानमन्त्रीसामू पार्टी एकताजोगाउने अन्तिम पटक अवसर थियो । म भएको भए, त्यो अविश्वासको प्रस्ताव दर्ता हुनुअघि नै राजीनामा दिन्थेँ मेहनत गरेर निर्माणगरेको पार्टी जोगिन्थ्यो । मैले पटक पटक बैठकमा नेताहरुको कार्यशैली सुधारको कुरा उठाएँ तर सुधार भएन । म एक हिसाबलेधेरैपटक नेताको विरोधी जस्तो भएँ । म प्रधानमन्त्रीको कटु आलोचक हो, उहाँको कारणले नै हामी अहिले यहाँ आइपुगेका हौं ।’
गौतमले पार्टी विभाजनको औचित्य नरहेको भन्दै आफू अहिले कुनै समूहमा नरहेको बताए । गौतमले ऋषि कट्टेलको नेकपाको मुद्दाअदालतमा विचाराधीन रहेको भन्दै अदालतबाट कट्टेलको पक्षमा निर्णय भएमा नेकपाको एउटा पक्ष एमाले र अर्को पक्ष माओवादी केन्द्रबन्न सक्ने बताए । आफू फेरि पनि एकता कायम गर्न लागिरहेको र त्यसका लागि संगठनको संरचना बनाएरै जाने बताए ।
‘त्यसैले अहिले म कुनै पनि पक्षमा छैनन,’ गौतमले भने, ‘त्यसैले मैल समर्थन गरिनँ । असंवैधानिक भनेँ । अहिले चुप लागेको छु किनभनेयो मुद्दा अदालतमा छ । उहाँले पटकपटक भन्ने गर्नु भएको थियो, अविश्वासको प्रस्तावबाट मलाई बर्खास्त गर्ने काम गर्नुभयो भनेदुर्भाग्यपूर्ण हुनेछ ।’