स्वास्थ्य मापदण्ड पालना गर्दै खुशीयालीका साथ तिहार मनाउन प्रधानमन्त्रीको आग्रह

२०७८, २० कार्तिक शनिबार ०८:१६

काठमाण्डाै । स्वास्थ्य मापदण्ड पालना गर्दै खुशीयालीका साथ तिहार पर्व मनाउन प्रधानमन्त्री शेरबहादुर देउवाले आग्रह गर्नुभएको छ ।

भाइटीकाकाे अवसरमा शुभकामना दिँदै स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री देउवाले यस पर्वले आम नेपाली दिदीबहिनी तथा दाजुभाइका बीच आपसी भाइचाराको सम्बन्ध विस्तार गर्नमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले सरकारको निरन्तर प्रयास र सबैको सहयोगले कोभिड–१९ विरुद्धको खोप लगाउने कार्यमा उल्लेख्य प्रगति हासिल भएको उल्लेख गर्नुभएको छ । कोरोना सङ्क्रमण जोखिम कायमै रहेको र सबै नागरिकले पूर्ण खोप नलगाएको हुँदा स्वास्थ्य मापदण्डलाई पालना गरी तिहार पर्व खुशीयालीका साथ मनाउन  प्रधानमन्त्री देउवाले आग्रह गर्नुभएको हो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु