प्रधानमन्त्रीको असंवैधानिक कदम रोक्न गठबन्धन बन्यो : देउवा

२०७८, १० असार बिहीबार १६:४०

काठमाडौं प्रधानमन्त्रीबाट निरन्तर असंवैधानिक काम भएकाले त्यसलाई रोक्न ५ दलीय गठबन्धन बनेको कांग्रेस सभापति शेरबहादुर देउवाले बताएका छन् ।

फाइल फोटो

बिहीबार बानेश्वरस्थित संसद् भवनमा आयोजित सम्पादकहरु सँगको छलफल कार्यक्रममा बोल्दै देउवाले यस्तो बताएका हुन् ।  राष्ट्रिय हितको संरक्षण, लोकतन्त्रको रक्षा अनि महामारीबाट जनतालाई जोगाउनु गठबन्धनको उद्देश्य रहेको उनको भनाइ छ ।  ‘सामाजिक न्याय,समावेशी लोकतन्त्र र कानुनी शासन हाम्रो लक्ष्य हो’ देउवाले भने, ‘यसका लागि आवश्यक परेमा जनपरिचालनमा समेत तयार छौँ।’

१४९ जना सांसदको हस्ताक्षरलाई समेत बेवास्ता गरी  मध्यरातमा राष्ट्रपति र प्रधानमन्त्री मिलेर प्रतिनिधि सभा विघटन गराउनु संविधानमाथिको प्रहार भएको उनले बताए । अदालतले धमाधम प्रधानमन्त्रीका गलत कदमलाई उल्ट्याइ रहेकाले   प्रतिनिधिसभा विघटनको निर्णय पनि उल्टिने विश्वास देउवाले व्यक्त गरे।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु