जैबिक तट्बन्ध र हरित सौर्न्दर्यका लागी खोला किनारमा बाँस रोपण

२०७८, ९ असार बुधबार १६:२५

पाल्पा, ९ असार । खोलाले खेतीयोग्य जमिन कटान गर्न थालेपछी बाँसको घना (बिरुवा) रोपेर जैबिक तट्बन्ध निर्माणको थालनी गरिएको छ । तिनाउ गाउँपालिका वडा न २ झ्याङ्ला स्थित दोभान खोला किनारमा बाँस रोपण कार्यक्रमको बिधिबत सुभारम्भ गरिएको हो ।
बुधबार प्रदेश सभा सदस्य माननिय तुलाराम घर्ती र उद्योग, वन तथा वातावरण मन्त्रालयका श्रीमान सचिब डा. राजेन्द्र केसीले एकैसाथ बाँसको बिरुवा रोपण गरेर कार्यक्रमको सुभारम्भ गर्नुभएको छ । दोभान खोलामा जैबिक तटबन्ध, हरित सौन्दर्य एवम आयआर्जनको दृष्टिबाट यो कार्यक्रमलाई महत्वका साथ हेरिएको छ ।

बदेलपोखरी सामुदायिक वन उपभोक्ता समुहको सकृयता र डिभिजन वन कार्यालयको स्वीकृत बजेट बमोजिम ६०० घना बाँस उक्त क्षेत्रमा रोपण गर्ने कार्यक्रम रहेको कार्यालयका रेन्जर यमलाल पोखरेलले बताउनुभयो । हरित अभियानमा सहभागी हुन डिभिजन वन कार्यालयले आग्रह गरेको छ । जैविक तटबन्धलाई एक आय आर्जनको रुपमा समेत लिन सकिन्छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु