चूडामणि शर्मासहित तीन जनाविरुद्ध एक अर्ब ३३ लाखकाे भ्रष्टाचार मुद्दा दायर

२०७८, ९ असार बुधबार १५:२६

काठमाण्डाै ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मासहित तत्कालीन कर फर्छ्याेट आयोगका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

फाइल फोटो

आयोगका पदाधिकारीले कानुन विपरीत एक अर्ब ३३ लाख २० हजार पाँच सय ८५ रुपैयाँ कर छुट दिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो । तत्कालीन कर फर्छ्याेट आयोगका पदाधिकारीले व्यक्तिगत लाभ हुने तथा राज्यलाई नोक्सानी पुर्‍याएकाे पुष्टि हुन आएकाले तत्कालीन अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकाल र चूडामणि शर्मा ढकालविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु