कृषकहरु धान रोपाईमा व्यस्त

२०७८, ६ असार आईतवार ०८:४४

किरण कौशल
पाल्पा ६, असार । जेठ महिना देखिनै प्रशस्त पानी परेपछि पाल्पाका फाँटहरुमा धान रोपाइ धमाधम भएको छ । कोरोना कहरले शहर बजार सुनसान भएका बेला गाउँ गाउँमा धान रोप्ने चटारो छ । अधिकांश चिसो पानी अर्थात् चाँडो धान रोप्ने ठुला फाँटहरुमा कृषकहरु रोपाईमा व्यस्त छन् ।
बिगतका बर्षमा असारको मध्ये तिरबाट धान रोपाई हुने भएपनि यसबर्ष जेठमै रोप्न कसिएका हुन् । मौसमले मात्रै साथ दिएको होइन रासायनिक मल पनि सहकारी मार्फत समयमै गाउँ गाउँमा पुगपछि रोपाइ सुरु भएको हो । जिल्लामा ८ हजार ६ सय २० हेक्टरमा बर्षे धान र ७ सय ५ हेक्टरमा चैते धान हुने गर्दछ । कृषकहरुले ठुला ठुला फाँटहरुमा आधुनिक कृषियन्त्रहरुको प्रयोग गरेका छन । कतिपयमा हल गोरु लगाएर रोपाइ गरेका छन् । जेठ महिनामै पानी परेर मुल फुटेपछि गत बर्ष भन्दा चाँडो रोपाइ गरेको गायत्री लामिछानेले बताइन् । चाँडै धान रोप्ने अर्थात चिसो पानी फाँटहरु झडेवा, माडी फाँट, कचल र पूर्वाखोला फाँटहरुमा प्रशस्त धान रोप्न थालिएको छ । गाउँघर परिवार र छिमेकीहरु जुटेर परिम गरेर धान रोपेका छन् ।

Comments

ताजा खबर