करेन्ट लागेर महिलाको मृत्यु

२०७८, ५ असार शनिबार १८:१५

पाल्पा, ५ असार । करेन्ट लागेर एक महिलाको मृत्यु मृत्यु भएको छ । पाल्पाको रिब्दीकोटमा करेन्ट लागेर महिलाको मृत्यु भएको हो । जिल्लाको रिब्दीकोट गाउँपालिका ३ हिरापोखरा बस्ने ३५ बर्षकि निरा  विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी रामेश्वर त्वातीले जानकारी दिनुभयो ।

बिहान साढे नौ बजेको समयमा गित बजाउनको लागी बुफरको तार बिद्युतको बोर्डमा जोडने क्रममा नाङ्गो हातले अचानक तारमा छुन गई करेन्ट लागेको पाल्पा प्रहरीले जनाएको छ ।
करेन्ट लागेकी उनको उपचारका लागी युनाईटेड मिसन अस्पताल पाल्पा ल्याई उपचार भएको थियो । उपचारको क्रममा अस्पतालमा मृत्यू भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु