सिद्धार्थ राजमार्गमा पहिरोको जोखिम, दिनदेखि बन्द राजमार्ग खुलाउने प्रयास भएपनि बर्षाकाे कारण असहज

२०७८, ३ असार बिहीबार १३:५९

भविन्द्र गौतम
पाल्पा ३ असार
अविरल बर्षासंगै सिद्धार्थ राजमार्ग ठाउँ ठाउँमा खसेका पहिरोले सडकको यात्रा जोखिमपूर्ण बनेको छ । तिनदिन देखि बन्द तानसेन नगरपालिका ८ गौडेपुल नजिकै खसेको पहिरो हटाउन प्रयास भइरहेको छ । तिन दिनदेखि बन्द राजमार्ग खुलाउने प्रयास भएपनि बर्षा भइरहेकाले अप्ठारो भएको छ यहाँ माथिबाट खसेको पहिरो र तलबाट डुम्रे खोलाले सडक कटान गरेपछि झण्डै ४० देखि ५० मिटर सडक बगाएको छ । राजमार्गको कालीमाटी, झुम्सा र दोभान क्षेत्र लगायत धेरै स्थानमा पहिरो खसेको प्रहरी चौकी प्रभासका प्रहरी नायव निरिक्षक भरत बहादुर थापाले बताउनु भयो ।

राजमार्गको दोभानदेखि राम्दी खण्डमा ठाउँ ठाउँमा खसेको पहिरो हटाएर एकतर्फी सडक सञ्चालनमा आएको छ । राजमार्ग बन्द भएपनि सवारी सधानको बाटोमै रोकिएका छन् । आर्यभञ्जाङ–रामपुर, कालीगण्डकी कोरिडोर र बाँसटारी–झडेवा सहित जिल्लका धेरै ग्रामिण सडकहरुमा पहिरो खसेका छन् । आर्यभञ्जाङ–रामपुरको सिलुवाको चाँपगैरा ठुलो पहिरो खसेको छ । सडक डिभिजन कार्यालय खसेका पहिरो हटाएपनि एक स्थानको हटाउदा अर्को स्थानमा पहिरो खस्ने गरेको छ । कोरोना कहरका बेलामा खाद्यन्न र निर्माण सामाग्री बोकेका सवारी सधानहरु अलपत्र परेका छन् । आफुसंग भएको खानेकुरा सकिएको बाहिर किन्न कोरोनाले पसलहरु पनि बन्द भएकाले अप्ठारो परेको ट्रक चालक अरुण रसालीले बताउनु भयो ।

कालीगण्डकीको वहाव बढेपछि पर्यटकीय स्थल रानीमहल क्षेत्र, रुरु धाम रिडी सहित नदी तटीय बस्तीहरुमा जोखिम बढेको थियो । रानीमहलको नदी र बराङदी खोला तटमा बनेको होटल, रानीमहलको पार्क ढुवानमा परेको छ । रिडी खोला र नदीको वहाव बढेपछि रु रु धार्मिक क्षेत्रमा त्रास बढेको छ । कालीगण्डकी नदीमा बन्न लागेको तिनमुखी पुल र रुरु धार्मिक क्षेत्र तटबन्दका निर्माण सामाग्रीहरु बगाएको छ । तिन दिन देखि परेको अविरल बर्षाले खोला र नदीहरुमा बन्दै गरेका पक्की पुलहरुमा समेत क्षति पुगेको छ ।

 

Comments

ताजा खबर