रिडि क्षेत्र जलमग्न, ऋषिकेशव मन्दिकाे १४ नम्बर सिंडिसम्म पानीले ढाक्यो

२०७८, २ असार बुधबार १०:०८

पाल्पा, २ असार ।
तीनदेखि निरन्तर बर्षाको कारण कालीगण्डकी नदिमा पानीकोबहाब निकै बढेको छ। ऋषिकेशव मन्दिकाे १४ नम्बर सिंडिसम्म पानीले ढाकेकाे छ । पानीका कारण रुरु क्षेत्र धाम रिडीमा पानीको सतह माथिसम्म पुगेको छ । रिडी क्षेत्र जलमग्न बनेकाे छ । कालीगण्डकी नदी र रिडी खोला बढेपछी तल्लो क्षेत्रमा रहेका घर टहरामा डुबान परेको छ ।

पानीले ढाकिएको रिडि क्षेत्र

नेपालकै नमुनाको रुपमा रहेको निर्माणाधीन तिनमुखे पुलका निर्माण सामाग्री बगाएको छ । शव जलाउने स्थान समेत पानीले पुरिएकाे छ । रिडिमा दाहसंस्कार गर्ने स्थान पाउन मुस्किल देखिएको छ ।
तस्बिर: चुरामणि तिमिल्सिनाको सहयोगमा ।

मन्दिर जाने सिढी
डुबेका घर टहराहरु
Comments

ताजा खबर