पहिरोले पुरिएर एकको मृत्यु

२०७८, २ असार बुधबार ०८:५३

पाल्पा, २ असार । तीन दिनदेखि निरन्तर वर्षा संगै आएको पहिराले पुरिएर पाल्पामा एक जनाको मृत्यु भएको छ।

मंगलबार बेलुका ७ बजे घर माथीबाट पहिरो खसेको हो । पहिरोमा परी मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका-४ भैरबस्थान स्थित मन्छिपका १९ वर्षीय मदन भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए।

फाइल तस्बिर

पहिरोमा पुरिएका भट्टराईको उद्धार गरेर उपचारका लागि पाल्पा अस्पताल ल्याउँदा राति पौने ९ बजे चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Comments

ताजा खबर