खुकुलो हुँदै थपियो निषेधाज्ञा सार्वजनिक यातायात र अन्य पसलहरु भने बन्द रहने

२०७८, ३१ जेष्ठ सोमबार १२:५०

बन्द रहेका सहकारी, बित्तिय तथा लघुबित्तिय संस्थाहरु र पुस्तक पसल समेत विहान ७-११ बजेसम्म खुल्ने छन् ।

पाल्पा ३१, जेठ ।
पाल्पामा जारी निषेधाज्ञा यही असार १२ गते सम्म थपिएको छ । निषेधाज्ञा केही खुकुलो बनाइएको छ ।
यस अघि बन्द रहेका सहकारी, बित्तिय तथा लघुबित्तिय संस्थाहरु, बिमाकम्पनी र पुस्तक पसल समेत विहान ७-११ बजेसम्म खुल्ने छन् । सार्वजनिक यातायात र अन्य पसलहरु खुल्ने छैनन ।

जिल्ला प्रशासन कार्यालय पाल्पामा बसेको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञालाई थप गरेको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले जानकारी दिनुभयो । गएको वैशाख १७ गते राति १२ बजेदेखि जिल्लामा सुरु भएको निषेधाज्ञा छैटौं पटक थप गर्दै असार १२ गते राति १२ बजे सम्मका लागी कायम गरिएको छ ।

यस अघि बिहान ७ देखि १० बजे सम्म संचालन अनुमति पाएका अत्यावश्यक दैनिक उपभोग्य खाद्ध सामान बिक्रि गर्ने पसलहरु, दुध, फलफुल, तरकारी पसल , माछामासु, पानी ग्यास पेट्रोलियम पदार्थ तथा निर्माण सामाग्रीका पसलहरु अव ७ देखि ११ बजे सम्म संचालन हुनेछन ।

नयाँ शैक्षिक सत्र सुरुवात भएकाले पाठ्यपुस्तक विक्रीमा सहजिकरणका लागि पुस्तक पसल समेत खोल्ने निणर्य भएको हो । अत्यावश्यक सेवाका कार्यालय र सवारीसाधनहरु संचालन हुनेछन् ।

जिल्लामा कोरोना संक्रमणका संक्रिय संक्रमितको संख्या ७ सय ५६ रहेको छ । जसमध्ये ७ सय ३ जना होम आइसोलेसनमा रहेका छन । ५३ जना अस्पतालमा उपचाररत रहेका छन भने कोरोनाको दोस्रो लहरमा पाल्पामा ९५ जनाले ज्यान गुमाएका छन ।

Comments

ताजा खबर