दुई टिप्पर बाटोबाट खसे एकको मृत्युु चार घाइते

२०७८, ३० जेष्ठ आईतवार १७:०६

पछाडीबाट जादैगरेको टिप्परले अगाडी गईरहेको टिप्परलाई ठक्कर दिदा दुबै टिप्पर सडकबाट खसेका थिए ।

पाल्पा, जेठ ३० । तानसेन रिडि सडक खाण्डमा दुई टिप्पर सडकदेखि खस्दा एक जनाको ज्यान गएको छ । उक्त दुर्घटनामा परि चार जना घाईते भएका छन् । ज्यान गुमाउने रुरु गाउँपालिका २ गुल्मीका ४५ वर्षीय टंक बहादुर कुँवर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । गम्भीर घाईते भएका उनलाई तानसेन स्थित युनाईटेड मिसन अस्पतल लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार ………………………. पाकिस्तानमा रेल दुर्घटना हुँदा ३० जनाको मृत्यु   जिप दुर्घटना अपडेट : मृतकको सङ्ख्या छ पुग्यो

दुर्घटनामा घाइते हुनेहरु रुरु गाउँपालिका २ की ४२ वर्षीया रमा कुवंर र ललितपुर घर बताउने अन्दाजी २६ वर्षीय राजेन्द्र बजगाईको अवस्था गम्भीर रहेको छ । यस्तै गुल्मीको रुरु गाउँपालिका २ का ३८ वर्षीय अशोक कुवँर र नवरपरासीको सुनवल नगरपालिका ९ का २२ वर्षीय किसन कुवंर को मध्ययम अवस्था रहेको छ । घाईतेहरुको मिसन अस्पतालमा उपचार भईरहेको छ ।

तस्बिर : बिनोद कुमार शर्मा बाट

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीका अनुसार रिब्दीकोट गाउँपालिका २ लघुवा नजिकै बुटवलदेखि गुल्मीतर्फ जादै गरेका बा ४ ख ७३२० नम्बरको टिप्परले सोही दिशातर्फ जादै गरेको प्रदेश नं. ३ ००१ क ०२५० नम्बरको टिप्परलाई ठक्कर दिदाँ दुर्घटना भएको थियो । दुबै टिप्पर अन्यत्रीत भई सडकदेखि २५० मिटर तल खसेका थिए ।

Comments

ताजा खबर