सिद्धार्थ राजमार्ग अबरुद्ध – राजमार्ग फराकिलो बनाउन खनिएको सडकका कारण पहिरो

२०७८, ३० जेष्ठ आईतवार ११:२६

जमेर बसेको पहाडलाई बाटो फराकिलो गर्न स्काभेटर प्रयोग गरी माथी-माथिसम्म खन्ने कार्य बाट पहिरोको झन जोखिम बढेको छ ।

स्याङ्जा, ३० जेठ । गएराती देखि परेको वर्षाका कारण खसेको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ । स्याङ्जाको भालुपहाडमा गएको पहिरोको कारण राजमार्ग अवरुद्ध भएको हो । रातिदेखिको निरन्तर वर्षा र राजमार्ग फराकिलो बनाउन खनिएको सडकका कारण पहिरो गएको स्थानीयवासीले बताएका छन । पहिरो राती २ बजे ठुलो चट्टान सहित खसेको थियो । जसकाकारण निषेधाज्ञाका बिचमा चलेका अत्यावश्यक सवारी साधन सडकमा नै अलपत्र परेका छन् ।

फाइल तस्बिर

जमेर बसेको पहाडलाई बाटो फराकिलो गर्न स्काभेटर प्रयोग गरी माथी-माथिसम्म खन्ने कार्यबाट पहिरोको झन जोखिम बढेको छ । सडक खुलाउन पोखराबाट डोजर बोलाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रबक्ता, प्रहरी नायव उपरीक्षक राजेन्द्र अधिकारीले बताउनुभयो । अहिले पनि पहिरो झरिरहेको हुँदा बाटोमा रहेको पहिरो पन्छाउन समस्या भएको प्रहरी प्रवक्ता अधिकारीले बताउनुभयो ।
पछिल्लो समय सडक चौडा बनाउन राजमार्गको विभिन्न स्थानमा सडक खनिएको कारण राजमार्गमा यात्रा गर्न निकै जोखिम हुन थालेको छ । राजमार्ग अन्तर्गत बुटवल पोखरा सडकखण्डमा स्याङ्जा भित्र मात्र दर्जन भन्दा बढी स्थानमा पहिरोको जोखिम बढेको छ । यस्तै राजमार्गको निकै जोखिम रहेको स्थान सिद्धबाबा क्षेत्र जस्तै भालुपाहाड क्षेत्रमा पहिरो जाने र समय-समयमा ढुङ्गा खस्ने हुँदा राजमार्गको यात्रा निकै जोखिम बनेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु