सप्तरीबाट घरेलु हतियारसहित भारतीय नागरिक पक्राउ

२०७८, २९ जेष्ठ शनिबार १३:४५

२९ जेठ, सप्तरी । भारतबाट घरेलु हतियार लिएर नेपाल प्रवेश गर्दै गरेको अवस्थामा एक जना भारतीय नागरिक सप्तरीबाट पक्राउ परेकाछन् । सीमामा खटिएको सशस्त्र प्रहरीको टोलीले भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्ला बोगटिया निवासी जितेन्द्र मण्डललाईपक्राउ गरेको हो ।

२४ वर्षीय मण्डललाई बोदे बर्साइन नगरपालिकास्थित स्वर्णपट्टीबाट बायरिङ हालेर पड्काउने हतियारसहित पक्राउ गरेको सशस्त्र प्रहरीउपरीक्षक राजु श्रेष्ठले जानकारी दिए । उनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका निम्ति नेपाल प्रहरीलाई बुझाउने तयारीभइरहेको सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु