स्वास्थ्य सुरक्षा समाग्री पाल्पा अस्पताललाई हस्तान्तरण

२०७८, २९ जेष्ठ शनिबार १२:०९

पाल्पा । स्वास्थ्य सुरक्षा समाग्री पाल्पा अस्पताललाई हस्तान्तरण भएको छ । नेपाली काँग्रेस सांसद तथा पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाको पहलमा पाल्पामा पठाइएको स्वास्थ्य सुरक्षा समाग्री पाल्पा अस्पताललाई दिइएको हो । पाल्पा जिल्ला सभापति विर बहादुर राना र नेपाल विद्यार्थी संघका महामन्त्री युवराज पाण्डेले पाल्पा अस्पताल समितिका अध्यक्ष नेत्र प्रसाद पाण्डेलाई हस्तान्तरण गर्नुभएको हो ।

लुम्बिनी प्रदेशका सांसद समेत रहनुभएका सभापति रानाले स्वास्थ्य सबैभन्दा मुख्यकुरा रहेको हुँदा सहज रुपमा स्वास्थ्य उपचार हुनुपर्ने बताउनुभयो । रानाका अजुसार माननिय गगन थापा विशेष पहलमा नेपाल मेडिकल एसोसिएनले स्वास्थ्य सुरक्षा सामग्री पाल्पामा पठाएको हो । बगनासकाली, रैनादेविछहरा र माथागढि गाउँपालिकालाई पनि एक एक थान अक्सिजन कन्सन्सट्रेटर्स प्रदान गरिने जानकारी दिनिभयो ।

Comments

ताजा खबर