समूहको चौथो स्थानमा रहदै नेपालको बिश्वकप छनोट यात्रा टुंगियो

२०७८, २९ जेष्ठ शनिबार ११:४३

पाल्पा । आगामी विश्वकप फुटबलको एसियाली छनोटको दोस्रो चरणअन्तर्गत कुवेतको अन्तर्राष्ट्रिय रंगशालामा मा भएको आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियासँग ३-० गोलले पराजय ब्यहोरेको छ।
खेलको छैटौँ मिनेटमा अग्रता लिएको अस्ट्रेलियाले ३८ औँ मिनेटमा त्यसलाई दोब्बर बनाएको थियो। यस्तै ५७ औँ मिनेटमा अर्को गोल गर्दै ३-० गोलले अगाडि बढ्यो। खेल अवधिमा नेपालका गोलकिपर किरणकुमार चेम्जोङले केही आकर्षक बचाउ गरे।
खेलको ४५ औँ मिनेटमा नेपालका अनुभवी डिफेन्डर रोहित चन्दले सोझै रातो कार्ड दिईयो । अस्ट्रेलियाका खेलाडीलाई डि बक्सबाहिर पछाडिबाट तानेपछि रोहितलाई रातो कार्ड देखाइएको थियो । नेपाल पहिलो हाफमै १० खेलाडीमा सिमित भएको थियो।

वन भर्सेस वनको प्रयाशमा अगाडि बढिरहेका
नेपाल ८ खेलबाट ६ अंक जोडेर समूहको चौथो स्थानमा रह्यो। नेपालले चाइनिज ताइपेईविरुद्धका दुवै खेल जितेको थियो। अन्य तीनवटै टोलीसँग भएका सबै खेलमा नेपाल पराजित भयो। अस्ट्रेलियासँग पहिलो खेलमा ५-० गोलको हार ब्यहोरेको थियो। नेपालले अब एसिया कप छनोटका लागि प्ले अफ खेल्ने छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु