एनआरएनए नागोयामा विवाद, छुट्टा – छुटैं समिति गठन

२०७८, २९ जेष्ठ शनिबार १०:५४

कविकिरण न्यौपाने/ नागोया

एनआरएनए जापान नै भष्ट्रचार अनि अनियमिताको दलदलमा फसेको बेला क्षेत्रिय समितिको र्निवाचनलाई लिएर विवाद उत्पन्न भएको छ। यस अघिनै र्निवाचन गर्नका लागी एनआरएनए जापानका सल्लाहकार बिमल अधिकारी संयोजक रहने गरि ३ सदस्यिक निर्वाचन कमिटी समेत गठन गरिएको थियो। अन्य सदस्यहरु एनआरएनए जापानका पूर्व महासचिव डा सुदिप अधिकारी र डा विश्वराज कँडेल रहेका छन्। क्षेत्रिय समिति नागोयामा संयोजकमा ३ जनाको उमेदवारी परेकोमा मनोजवम मल्लको उमेदवारीलाई लिएर विवाद भएको हो । उनि विरुद्ध निर्वाचन समितिमा उजुरी समेत परेको छ। उनि विरुद्ध संयोजकका प्रत्याशी उमेदवार गंगा घर्तिमगर र अर्जुन केसी ( रामवहादुर खत्री ) ले उजुरी गरेका हुन्। क्षेत्रिय समितिको संयोजकको उमेदवार हुन बिधान को ५.४ नम्बर बुदाँमा रासपको कुनै पनि पदमा रहेर एक कार्यकाल कार्यसम्पादन गरेको र क्षेत्रको हकमा क्षेत्रीय समितिको पदाधिकारी रही कम्तिमा एक कार्यकाल पुरा गरेको हुनुपर्दछ भनिएको र मनोजवम मल्लले उक्त नियम पालना नगरेको केसी र घर्तिमगरको तर्क छ। अझ विधानको २. २७ मा कार्यकाल भन्नाले पदमा नियूक्ति वा निर्वाचित भएर सपथ खाएको मितिले न्यूनतम ३६५ दिनको अबधी लाई भनि प्रष्ट पारेको उनिहरु बताउँछन् ।

आफ्ना माग सुनुवाई नभएको भन्दै केसी र घर्तिमगर सहित उमेदवारी दिएका धेरैले र्निवाचननै बहिस्कार गर्दै कपटपूर्ण र्निवाचनमा सहभागी नहुन सबैलाई अनुरोध गरेका छन् । र्निवाचन बहिस्कार गर्ने उमेदवारहरुमा संयोजक रामबहादुर खत्री(अर्जुन),संयोजक गंगा घर्तिमगर,सह-संयोजकः इन्द्र पराजुलि ,सचिव राम कु थापा ,सहसचिव शिब न्यौपाने ,सह-सचिव गोविन्द भुसाल रहेका छन्। सदस्यहरु रमेश श्रेष्ठ ,नरेश राई यसअघि नै बाहिरि सकेका थिए। उता र्निवाचन समितिका संयोजक बिमल अधिकारीले पूर्वनिर्धारित तालिका अनुसार ११ तारिक सुक्रवार बेलुका ९ बजे देखि अनलाईन भोटिङ्ग द्वारा निर्वाचन शुरु भएको बताए । भोटिङ्ग १२ तारिक बेलुका १० बजे सम्म हुने उनको भनाई छ। केन्द्रका डा नेत्रप्रसाद भण्डारीको समन्वयमा र्निवाचन कार्य भई रहेको अधिकारीले बताए। किन यस्तो लफडामा पर्नु भयो भन्ने प्रश्नमा र्निवाचन हुन पूर्व विधान समितिका पदाधिकारीहरु एवं सरोकारहरु संग राय सुझाव लिई आफुहरु अघि बढेको र्निवाचन समिति सदस्यहरू डा सुदिप अधिकारी र डा विश्व कँडेलको भनाई छ।

नागोयाको क्षेत्रिय अधिवेशनमा र्निवाचन समितिले सहि र्निणय नगरेको प्रवाशी नेपाली मञ्चका सचिव डा सरोज कँडेलको भनाई छ। ओकिनामाको क्षेत्रिय समितिमा र नागोया क्षेत्रिय समितिमा यौट्टै मुद्दा थियो । ओकिनामामा विधान संभत निर्णय भयो भने नागोयामा विधान विपरित । यौटैं संस्थामा पनि कसरी अलग -अलग निर्णय हुन सक्छ, उनको तर्क छ।

उता एनआरएनए एसिया प्यासिफिकका संयोजक गोविन्द्र श्रेष्ठले तत्कालका लागि र्निवाचन रोक्न गरेको आदेश एनआरएनए जापानले अस्विकार गरेको छ । समितिको बहुमत निर्णयले निर्वाचन नरोक्ने र्निणय गरिएको एनआरएनए जापानका उपाध्यक्ष दिपक कार्कीले बताए।

त्यस्तै सुक्रवार नागोयामा सम्पन्न भेलाले सर्वसहमत रुपमा एन आरएनए क्षेत्रिय समिति गठन गरिएको बताइएको छ। समितिमा संयोजक गंगा घर्तिमगर, उप – संयोजक ईन्द्र पराजुलि र पदम गुरुङ ,उप -संयोजक (महिला ) सबित्री गुरुङ ,सचिब भैरभप्रसाद अधिकारी ,सहसचिब बिनोदकुमार सापकोटा ,कोषाध्यक्ष रोशन गुरुङ ,सह – कोषाध्यक्ष सञ्जय तामाङ ( मेन्दोला) रहेका छन्। कार्य समितिका अन्य सदस्यहरुमा बिकाश आलेमगर ,रमेश श्रेस्ठ ,शिब खडका ,खडानन्द सापकोट ,मनोज ढुङ्गना ,हरीकृष्ण काजी बिकास राना ,सन्तोशी गुरुङ, चिना रोक्का ,रुपेश चोचाङ्गी पुन ,डम्मर क्षेत्री ,पुजन ओझा ,आशिष दाहाल ,सुशान घताने र नरेश राई रहेका छन्। उनिहरुको आजै सपथ ग्रहण कार्यक्रम रहेको बताइएको छ।

कार्यक्रम एनआरएनए नागोयाका संरक्षक अर्जुन केसीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रममा एनआरएन ए आइसिसिका मानार्थ सदस्य डिलाराम खरेल, प्रवासी नेपाली मञ्चका सचिव तथा एनआरएनए जापानका पूर्व सचिव डा सरोज कँडेल, व्यवशायीहरु सुरज मल्ल, राजेन्द्र श्रेष्ठ , झुक्कु वहादुर मगर , नेपाल पत्रकार महासंघ, जापान साखाका पूर्व उपाध्यक्ष विनोदकुमार सापकोटा लगाएतको उपस्थिति थियो।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु