अष्ट्रेलियाको भिक्टोरियामा लकडाउन खोल्ने तयारी

२०७८, २६ जेष्ठ बुधबार १४:२२

२६ जेठ, काठमाडौं अष्ट्रेलियाको भिक्टोरिया राज्यले बिहीबार रातिदेखि लकडाउन खुकुलो पार्ने तयारी गरेको

मानिसहरुले भिक्टोरियाको लकडाउन पालना गरेकाले अहिले अवस्था सामान्य भएको भन्दै भिक्टोरियाले लकडाउन खुकुलो पार्ने निर्णयगरेको हो

भिक्टोरियाको सबैभन्दा ठूलो सहर मेलबर्नमा लगाइएको लकडाउनको कारण मानिसहरु पछिल्लो दुई सातायता अत्यावश्यक कामकालागि बाहेक बाहिर निस्किन पाएका छैनन्

भिक्टोरियामा कोरोनाको पहिलोपटक भारतमा फेला परेको डेल्टा भेरियन्ट देखिएसँगै लकडाउन गरिएको थियो बिहीबारदेखिलकडाउन खुकुलो हुन थाल्ने भए पनि अझै पनि केही प्रतिबन्धहरु भने कायमै रहनेछन्

यो खुसीको दिन हो हामी सबैले एकसाथ यो उपलब्धि हात पारेका छौं यो सबैको लागि गर्वको विषय हो’, भिक्टोरियाकाकार्यवाहक प्रिमियर जेम्स मार्लिनोले बताए

यद्यपि, अझै पनि जोखिम नटरेको मार्लिनोको भनाइ कोरोनाको भाइरस अझै पनि मानिसहरुमा हुन सक्ने भएकाले सतर्क रहन उनलेसबैसँग आग्रह गरेका छन्

लकडाउन खुलेपनि भिक्टोरियामा मानिसहरुलाई भेला गर्न जान रोक लगाइएको भने बाहिर वा बन्द कोठामा दिइने सेवामा मास्कअनिवार्य गरिएको

एजेन्सीको सहयोगमा

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु