संघीयताको आवरणमा सजाईएको संसदीय प्रणाली पूर्ण रुपमा असफल – त्रिमुल नेपाल

२०७८, २३ जेष्ठ आईतवार २२:५३

 

१२ बुंदे दिल्ली समझदारीको यात्रा अन्त्य गर्दै राष्ट्रिय सरकार गठन गर्न अपिल
जेठ, २३ । संघीयताको आवरणमा सजाईएको संसदीय प्रणाली पूर्ण रुपमा असफल भएको त्रिमुल नेपालले जनाएको छ । त्रिमुल नेपालले एक बिज्ञप्ति जारी गर्दै १२ बुंदे दिल्ली समझदारीको यात्रा अन्त्य गर्दै राष्ट्रिय सरकार गठनको दिशामा अघि बढ्न अपिल गरेको छ ।
त्रिमूल नेपाल केन्द्रीय कार्यालय, काठमाडौंका अध्यक्ष भरत दाहालद्वारा हस्ताक्षरित अपिलपत्रमा ” विदेशी एजेन्डाहरु समाविष्ट गरि जारी गरिएको संविधानले चरम संकट पैदा गरेको छ । संगसंगै दलाल कित्ताहरुका बिचको शत्रुता पनि उग्र बन्दै गएको छ । यसले देखाउँदछ कि संघीयताको आवरणमा सजाईएको संसदीय प्रणाली पूर्ण रुपमा असफल भैसकेको छ । अब दलालहरुकै बीचको द्वन्दले देश अर्को चरणको अराजकतामा धकेलिने खतरा बढेको छ । संसद विघटनको पछिल्लो घटनापछि त्यसको पक्ष वा विपक्षका नाममा सर्वोच्च अदालतका न्यायाधीश र वकिलहरुका बीचमा देखिएको शंका – उपशंका र आरोप प्रत्यारोपको तस्विर हेर्दा अवैध धन र भूमिगत शक्तिहरुको घुसपैठका कारणले न्यायिक क्षेत्र भताभुङ्ग भैसकेको तथ्य स्पष्ट हुन्छ।” भनिएको छ ।
अदालतमा न्याय पाउन सर्बसाधारणको पहुच बाहिर पुगेको भन्दै “सेटिङ मिलाउन नसक्ने सर्वसाधारणका लागी अब न्यायको आशा मृगतृष्णा बनिसकेको छ । यो संकटको कारण दिल्लीमा गराईएको १२ बुंदे समझदारी हो भन्ने तथ्यमा कसैको विमति छैन । १२ बुंदे दिल्ली समझदारीको यात्राले देश र नागरिकहरुको हितमा काम गर्दैन भन्ने वास्तविकताका बारेमा पनि कसैमा संका छैन । यस्तो खराब अवस्थाको अन्त्य गर्न १२ बुंदै षडयन्त्रका विरुद्धमा रहेका देशभक्त नेपाली जनताको प्रतिनिधित्व गर्ने राजनीतिक दल, समूह, शक्ति र व्यक्तिहरुबाट सकृय हस्तक्षेप हुनु पर्ने आवश्यकता एकदमै टड्कारो बनिसकेको छ” । बिज्ञाप्तिमा भनिएको छ ।

देशको अवस्थाबारे चिन्ता प्रकट गरेर आवाज उठाउँदै आएका देशभक्त राजनीतिक दल, समुह, शक्ति र व्यक्तिहरुसंग त्रिमूल नेपालले अनुरोध छ । सर्वपक्षीय छलफलको आयोजना गरी त्यसैबाट १२ बुंदे दिल्ली समझदारीको यात्रालाई अन्त्यको घोषणा गर्दै राज्य संचालन गर्ने राष्ट्रिय मूलनीति बनाएर राष्ट्रिय सरकारको गठनको दिशामा अघि बढ्न त्रिमुल नेपालले आग्रह गरेको छ ।

युगान्तकारी लक्ष्य, राष्ट्र पहिलो र पुनर्जागरण आन्दोलनको मन्त्र लिएको त्रिमुल नेपाल बिक्रम सम्बत २०७०/०७१ मा निर्बाचन आयोगमा दर्ता भएको राजनीति दल हो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु