कोरोनाबाट ज्यान गुमाउनेको परिवारलाई २५ हजार

२०७८, १९ जेष्ठ बुधबार २१:३४

पाल्पा । कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरुको परिवारलाई राहत स्वरुप नगद सहयोग दिने भएको छ । जिल्लाको बगनासकाली गाउँपालिकाले कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको परिवारको लागि जनही २५ हजार रुपैयाँ सहयोग गर्ने भएको हो ।
गाउँकार्यपालिकाको बुधवार बसेको वैठकले उक्त निर्णय गरेको हो । गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालका अनुसार गाउपालिकाले बाचुन्जेल त सहयोग गरेको नै छ, ज्यान गुमाइहालेपनि परिवारलाई शव ब्यवस्थापनको लागि राहत होस भनेर २५ हजार दिने निर्णय गरेको हो ।

गाउँकार्यपालिका वैठकले उपाध्यक्ष सरस्वती चिदी, योजना शाखा प्रमुख भरत घिमिरे र सम्पूर्ण कोरोना संक्रमणबाट जुधिरहेकाहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्ने निर्णय गरेको छ । गाउपालिकामा कोरोनाका कारण अहिलेसम्म १६ जनाले ज्यान गमाइसकेका छन भने सक्रिय संक्रमितको संख्या ५७ रहेको छ ।

Comments

ताजा खबर