एमाले स्थायी कमिटी बैठक बस्दै

२०७८, १९ जेष्ठ बुधबार १२:१६

१९ जेठ, काठमाडौं नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बोलाइएको दिउँसो चार बजे बैठक बोलाइएको स्थायीकमिटी सदस्य सुवास नेम्वाङले बताए

मंगलबार पनि स्थायी कमिटीको बैठक बसेको थियो बैठकले एमालेको एकता जोगाउन सकेसम्म पहल गर्ने निर्णय गरेको थियो तरतत्कालै बैठक बोलाइएको

एमालेको विवाद उत्कर्षमा पुग्दा अध्यक्ष केपी शर्मा ओलीले १० जेठमा बरिष्ठ नेता माधवकुमार नेपाल सहित एघार जनालाई निस्कासनगरेका छन् थप १२ जनालाई त्यसैदिन २४ घण्टे स्पष्टिकरण सोधिएको थियो तर मंगलबारको बैठकले यसबारे कुनै निर्णय गरेन

जेठमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेता नेपाल समूहका २६ सांसदले हस्ताक्षर गरेका थिए

संविधानको धारा ७६ () अनुसार देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्दै हस्ताक्षर गरेका एमाले सांसदहरुलाई ओलीले कारबाही प्रक्रियाअगाडि बढाएका छन् २३ मध्ये तीन जना भने आफ्नो निर्णयबाट पछि हटे पछि उनीहरुलाई स्पष्टिकरण सोधिएको छैन

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु