पर्वत समाज जापानको अध्यक्षमा जनक सुवेदी ।

२०७८, १८ जेष्ठ मंगलवार १७:१७

जापान । पर्वत समाज जापानको अध्यक्षमा जनक सुवेदी निर्वाचित भएका छन । आईतबार सम्पन्न भएको पर्वत समाज जापानको छैठौ अधिवेशनले अध्यक्ष सहित सबै पदाधिकारी निर्विरोध निर्वाचित गरेको हो ।

निर्वाचित कार्यसमितिको उपाध्यक्षमा सुवास लामिछाने, मुक्तिराज सुवेदी र रमेश काफले निर्वाचित भएका छन । सो अधिवेशनबाट महासचिवमा राम बस्तोला सचिवमा बिनोद न्यौपाने र अनिल पन्त निर्वाचित भएका छन भने कोषध्यक्षमा बिमल न्यौपाने र सह कोषाध्यक्षमा कृष्ण भुषाल निर्वाचित भए, त्यसैगरि सदस्यहरूमा राजेन्द्र भुषाल,अर्जुन कुमार बसेल,बसन्तकुमार जोशी,अर्जुन तिवारी, बिकास पौडेल,संजीत सुनार, अर्जुन थापा निर्वाचित भएका छन । त्यसैगरी निर्वाचित हुने अन्य सदस्यहरूमा राम भुषाल सागर सापकोटा कृष्ण भुषाल, सूरज पौडेल, बालकृष्ण रिजाल,रबिनशर्मा, दिपक गुरुंग, राजु गौडेल, जीवन गुरुंग,राजेन्द्र शर्मा,नारायण पौडेल र रमेशराज जैशी रहनुभएको छ ।

भर्चुवल प्रविधि मार्फ़त सम्पन्न अधिवेशनको उदधाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले आफू जन्मेको ठाऊ र समाजका लागिआफूहरू विश्वको जुनसुकै मूलकमा रहेपनि आफ़नो सिप र क्षमताले भ्याएसम्म सहयोग पुर्याउनुपर्नेमा जोड दिएका थिए । एनआरएन आईसिसिका पूर्व सदस्य ओम गुरुङको सयोजकत्वमा रहेको निर्वाचन समितिमा ईश्वर जोशी र मोहन घले सदस्य रहेका थिए ।

समाजका अध्यक्ष सुजन जोशिको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा जापान सहित पर्वतबाट प्रतिनिधित्व गरेका अतिथिहरुले शुभकामना मतब्य ब्यक्त गरेका थिए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु