एजेन्सी – पाकिस्तानलाई दोस्रो टेष्ट खेलमा १ सय ७६ रनको इनिङ अन्तरले हराउँदै न्युजिल्यान्ड अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसीसी) को टेष्ट वरियतामा पहिलो पटक शीर्षस्थानमा उक्लिएको छ ।
दुई टेष्ट सिरिजमा क्लिनस्विप गरेको न्युजिल्यान्डले भारत र अष्ट्रेलियालाई पछि पार्दै टेष्ट वरियतामा शीर्षस्थानमा उक्लिएको हो ।न्युजिल्यान्ड १ सय १८ अंकका साथ शीर्षस्थानमा छ। दोस्रो स्थानमा झरेको अष्ट्रेलिया १ सय १६ र तेस्रो स्थानमा रहेको भारतको १ सय१४ अंक छ ।
इंग्ल्यान्ड चौथो, दक्षिण अफ्रिका पाँचौ र श्रीलंका छैटौं स्थानमा छ । पाकिस्तान दोस्रो इनिङमा १ सय ८६ रनमा अल आउट भयो ।पाकिस्तानका आविद अली २६, अजहर अली ३७, फहिम अशराफ २८ र जाफर गोहरले ३७ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले राम्रोप्रर्दशन गर्न सकेनन् ।
न्युजिल्यान्डका युवा अलराउन्डर काइल जामिसनले ६ विकेट लिए । ट्रेन्ट बोल्टको नाममा ३ विकेट रह्यो । न्युजिल्यान्डले ६५९–६ कोअवस्थामा पहिलो इनिङ समाप्तिको घोषणा गरेको थियो । विलियम्सनले ३ सय ६४ बलमा २८ चौका सहित २ सय ३८ रनको उत्कृष्टदोहोरो शतकीय इनिङ खेलेका थिए । उनको यो टेष्ट करिअरको चौथो दोहोरो शतक थियो ।
विलियम्सन फहिम अशराफको बलमा सन मसुदबाट क्याच आउट भएका थिए । हेनरी निकोल्सले २ सय ९१ बलमा १८ चौका र १छक्का सहित १ सय ५७ रनको शतकीय इनिङ खेले । चौथो विकेटका लागि विलियम्सन र निकोल्सले ५ सय ५३ बलमा ३ सय ६९रनको तेहेरो शतकीय साझेदारी गरेपछि न्युजिल्यान्डले पहिलो इनिङमै विशाल योगफल बनाएको थियो ।
मोहम्मद अब्बासले नसीम साहबाट निकोल्सलाई क्याच गराउँदै उक्त साझेदारी तोडे । तल्लोक्रमका डर्याल मिचेल १ सय १२ बलमा ८चौका र २ छक्का सहित १ सय २ रनमा अविजित रहे । उनको यो पहिलो टेष्ट शतक समेत हो । काइल जामिसन ३० र टम लाथम ३३रनको योगदान दिए ।
पाकिस्तानका शाहिन अफ्रिदी, मोहम्मद अब्बास र फहिम अशराफले २–२ विकेट लिए । पहिलो दिन टस हारेर ब्याटिङ थालेकोपाकिस्तान पहिलो इनिङमा २ सय ९७ रनमा अल आउट भएको थियो । पाकिस्तानका अजहर अलीले १ सय ७२ बलमा १२ चौका सहितसर्वाधिक ९३ रनको योगदान दिए ।
६३ औं ओभरमा म्याट हनेरीले रस टेलरबाट क्याच आउट गराएपछि अजहर शतक बनाउन चुकेका थिए । तेस्रो ओभरको तेस्रो बलमै टिमसाउथीले ओपनर शन मसूदलाई शून्यमा एलबिडब्लू आउट गरेका थिए ।
दोस्रो विकेटका लागि अजहर अली र आविद अलीले १ सय ५ बलमा ६२ रनको साझेदारी गर्दै इनिङ अघि बढाएका थिए । आविदअलीलाई २० औं ओभरको अन्तिम बलमा काइल जामिसनले साउथीबाट क्याच गराउँदै तोडेका थिए ।
विकेटकिपर मोहम्मद रिजवान ७१ बलमा ११ चौका सहित ६१ रन बनाए । आविद अली २५, फहिम अशराफ ४८, जफार गोहर ३४, अफ्रिदी ४ र नसीम शाह १२ रनमा आउट भए । हरिस सोहेल १ र फवाद आलम २ रनमा आउट भएपछि पाकिस्तान दबाबमा परेको थियो।
तर पाँचौ विकेटका लागि अजहर र मोहम्मद रिजवानले १ सय ३२ बलमा ८८ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । युवाअलराउन्डर काइल जामिसनले २१ ओभरमा ८ मेडन सहित ६९ रन खर्चेर ५ विकेट लिए ।
टिम साउथी र ट्रेन्ट बोल्टको नाममा २–२ विकेट रह्यो । म्याट हेनरीले १ विकेट लिए । पहिलो टेष्ट खेलमा पाकिस्तान न्युजिल्यान्डसँग १सय १ रनले पराजित भएको थियो । न्युजिल्यान्डले दुई सिरिज क्लिनस्विप गर्यो ।