रक्सी चोरेको आरोपमा असईसहित तीन प्रहरी निलम्बित

२०७८, १७ जेष्ठ सोमबार १२:२४

१७ जेठ, जनकपुरधाम रक्सी चोरेको आरोपमा सिराहा प्रहरीले जना अधिकारीलाई निलम्बन गरेको जिल्ला प्रहरी कार्यालयसिराहाले रक्सी चोरीको आरोप खेपेका एक प्रहरी सहायक निरीक्षक (असई) सहित तीन जनालाई निलम्बन गरेको हो

लहान नगरपालिका वडा नम्बर २३ गढिया चोकस्थित पूजा होटल एवं एसके मदिरा पसलबाट भोड्का रक्सी चोरेको आरोपमाउनीहरुलाई निलम्बन गरिएको सिराहा प्रहरीका प्रवक्ता शालिग्राम शर्माले बताए

निलम्बनमा पर्नेमा असई नवलकिशोर ठाकुर जवानद्वय अन्नु कुमार राय नरेश कुमार राय छन् इलाका प्रहरी कार्यालय लहानमाकार्यरत उनीहरूलाई प्रहरी नियमावली २०७१ बमोजिम सोमबारदेखि लागू हुने गरी निलम्बन गरिएको प्रवक्ता शर्माले बताए

गत जेठ गते गस्तीमा खटिएका यी तीन जनाले उक्त पसलमा मदिरा सेवन गरी होहल्ला गर्ने व्यक्तिहरु नियन्त्रणमा लिन लाग्दापसलका सञ्चालक भागेका थिए त्यस अवस्थामा पसलबाट प्रहरीले केही भोड्का रक्सी लिई गएको भिडियो सार्वजनिक भएको थियो

विभिन्न सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा उक्त भिडियो अपलोड भई आलोचित हुनुपर्ने अवस्था देखिएकोले उनीहरुलाईनिलम्बन गरी थप अनुसन्धान गरिरहेको शर्माले बताए

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु