अनेसास उत्तर अमेरिका द्वारा बिशेष साहित्यिक कार्यक्रम सम्पन्न

२०७८, १७ जेष्ठ सोमबार ०१:१८

                                                                                                                                            ०५/३०/२०२१ आईतबार लक्ष्मण  न्यौपाने – सिकाग़ो अमेरिका 

       अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज उत्तर अमेरिका क्षेत्रीय समितिद्वारा अाफ्नाे च्याप्टरहरु बिचको नियमित साहित्यिक कार्यक्रमको आठौं शृंखलामा संचालन गर्दै आज  अनेसास सिकागो च्याप्टर, फ़्लोरिडा च्याप्टर र न्युह्याम्सर च्याप्टर बिच  परिचयात्मक कार्यक्रम सँगै विशेष रचना वाचनको कार्यक्रम सम्पन्न गर्यो । 

 

        नेपाली भाषा साहित्यको संरक्षण र संवर्धनको महान अभियान बोकेर अगाडि बढिरहेको अन्तराष्ट्रिय नेपाली साहित्य समाज उत्तर अमेरिका क् क्षेत्रीय समितिद्वारा आफ़नो क्षेत्रमा साहित्य शृजनाको बिकाश संगै संगै आपसी सम्बंधलाई शूदृढ   र बलियो बनाऊने उदेश्यका साथ  नियमित रचना बाचनको शृंखला सरू गर्दै आएको छ । 

आजको कार्यक्रमको अध्यक्षता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय उपाध्यक्ष तथा उत्तर अमेरिका क्षेत्रका संयोजक राजेन्द्र श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रममा केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइला, केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोबर्दन पुजा,पूर्व केन्द्रीय अध्यक्ष यवम विवोटी उपाध्यक्ष पदम विश्वकर्मा, पूर्व केन्द्रीय अध्यक्ष तथा सल्लाहकार  मोहन सिटौला, छन्द कवि साहित्यकार कोमल भट्ट , केन्द्रीय सचिव बिमला निरौला,बिवोटी कोषाध्यक्ष राम लामा अविनाशी लगायत फ़्लोरिडा च्याप्टर अध्यक्ष दिपक कार्की सिकागो च्याप्टर अध्यक्ष  ईश्वर बगाले, न्युह्याम्सर च्याप्टर अध्यक्ष  हरिमाया अधिकारी , फ़्लोरिडा च्याप्टर अध्यक्ष तिलक कार्की लगायत अनेसास सिकाग़ो च्याप्टर महासचिव लक्ष्मण न्यौपाने, सदस्य दुर्गा घिमिरे , कोषाध्यक्ष मीनादेवी पाण्डेय, फ़्लोरिडा च्याप्टरबात दिप कार्कि , बरिस्ठ उपाध्यक्ष अमर बहादुर कार्कि,क्षेत्रीय उपाध्यक्ष जानुका ढुंगेल खनाल, क्षेत्रीय उपलक्ष्य ड़ा शिव कुमार शर्मा लगायतको  गरिमामय उपस्थिति थियो भने न्यूयोर्क़ च्याप्टर अध्यक्ष सकुन ज्ञवालीले कार्यक्रम संचालन गर्नुभएको थियो ।

         कार्यक्रममा अनेसास केंद्रीय  अध्यक्ष प्रकाश पौडेल माइलाले जापानबाट कार्यक्रममा  शुभकामना मन्तव्य दिदै अहिले अनेसासले यो निरन्तर गरिरहेको साहित्यिक श्रृंखलाहरुले साहित्यक बिकाश संगै अनेसासको संस्थागत  विकासमा निकै महत्व भूमिका खेलिरहेको कुरा व्यक्त गर्दै सम्पूर्ण उपस्थित  साहित्यकारहरुलाई हार्दिक आभार प्रकट  गर्नुभयो। कार्यक्रममा केन्द्रिय बरिष्ठ उपाध्यक्ष गोवर्धन पूजाले स्वागत मन्तव्य  दिनुभएको थियो। केन्द्रीय  पूर्व अध्यक्ष  एवं बिवोटि  उपाध्यक्ष पदम विश्वकर्माले   यी र यस्ता कार्यक्रमहरु निकै महत्वपूर्ण भएको र अहिलेको वर्तमान  महामारीको यस्तो विशेष  परिस्थितिमा   प्रविधिको प्रयोग गर्दै यसरी  आफ्ना नियमित कार्यक्रमलाई  सञ्चालन गरेकोमा खुसी व्यक्त गर्नुभएको थियो । शुभकामना मन्तव्य दिदै  पूर्व केन्द्रीय अध्यक्ष एवं सल्लाहकार मोहन सिटौलाले अनेसासले  यसरी गरिरहेको कार्यक्रमको मुक्तकण्ठले प्रशंसा गर्दै साहित्यिक विकास संगै संस्थागत बिकाशमा यस्ता कदमले महत्वपूर्ण भूमिका खेल्ने हुदा आउँदा दिनहरुमा पनि यसरी नै आफ्ना कार्यक्रमहरुलाई निरन्तर सञ्चालन गर्नु पर्ने कुरामा जोड दिदै सम्पूर्णमा आभार व्यक्त गर्नुभएको थियो ।

           उपस्थित सम्पूर्णले आफ्ना गित गजल मुक्त वाचन गर्दै झण्डै 2 घण्टा  निरन्तररचना वाचनको  श्रृंखला चलिरह्यो।अन्त्यमा कार्यक्रम संयोजक एवं आजको  कार्यक्रमका सभाध्यक्ष, अन्तराष्ट्रिय साहित्य समाज केन्द्रीय कार्य समितिका अध्यक्ष एवं उत्तर अमेरिका क्षेत्रीय संयोजक राजेन्द्र श्रेष्ठलेउपस्थित सम्पूर्णमा आभार प्रकट गर्दै आफ्नो  कविता वाचन गरी सभालाई बिसर्जन गर्दै  आउँदा दिनहरुमा पनि यस्ता कार्यक्रमहरु अन्य विभिन्न् च्याप्टरहरु सँग  निरन्तर यो साहित्यिक यात्रा संचालन गरि रहने कुरा व्यक्त गर्नुभएको थियो ।कार्यक्रमको प्रत्यक्ष प्रसारण गोर्खाली भ्वाईस अनलाइन मिडियाले आफ़नो फ़ेसबुक तथा यूटूब च्यानल बाट गरेको थियो ।  

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु