एनआइसी एसिया स्वामित्वमा रहेको महुली लघुवित्तको सेयर लिलामी भर्ने आज अन्तिम दिन

२०७८, १० जेष्ठ सोमबार १४:३६

काठमाडौं  : एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको महुली लघुवित्तको ५६ हजार २७० कित्ता संस्थापक सेयर लिलामी भर्ने आज(जेठ १० गते) अन्तिम दिन हो आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ यसमा न्यूनतम ७८३ रुपैयाँ भाउ राखेरआवेदन दिन सकिनेछ लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ

 यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् लगानीकर्तालेन्यूनतम १०० कित्ता अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसीएसिया क्यापिटल, बबरमहल काठमाडौंमा बुझाउन सकिनेछ

 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु