एसिया कप क्रिकेट स्थगित, अब २०२३ मा हुने

२०७८, १० जेष्ठ सोमबार ०९:१२

१० जेठ, काठमाडौं आगामी जुनमा श्रीलंकामा हुने तय भएको एसिया कप क्रिकेट स्थगित भएको एसियन क्रिकेट काउन्सिल(एसीसी)ले आइतबार विज्ञप्ती जारी गर्दै २०२१ को संस्करण स्थगित गरेको जानकारी दिएको

यसअघि नै आयोजक देश श्रीलंकाले एसिया कप यस वर्ष हुन सक्ने सम्भावना नरहेको जनाएको थियो   त्यसको केही दिनपछि नैएसीसीले स्थगितको निर्णय गरेको हो

यसअघि २०२० मै हुनुपर्ने एसिया कप कोभिड१९ का कारण एक वर्ष पछि सरेको थियो तर कोभिडकै कारण यस पटक पनि नहुनेभएको हो

अन्तर्राष्ट्रिय क्रिकेट क्यालेन्डर व्यस्त रहेकोले २०२१ को संस्करण २०२३ मा मात्र गर्न सकिने एसीसीले जनाएको २०२२ मा एसियाकप हुने निर्णय भइसकेकोले २०२३ को लागि सारिएको हो एसिया कपको मिति भने पछि तय गरिने एसीसीले जनाएको

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु