७ हजार ९१४ संक्रमित थपिँदा ७ हजार ६४४ जना संक्रमणमुक्त

२०७८, ९ जेष्ठ आईतवार १७:३७

काठमाडौं, जेठ ९ । गएको २४ घण्टामा नेपालमा ७ हजार ९१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सांकेतिक तस्बिर फाइल फोटो

१८ हजार ९६५ जनाको पीसीआर पीक्षण गर्दा ७ हजार ५९८ र ९३१ जनामा एन्टिजेन परीक्षण गर्दा ३१६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै, आज १९३ जनाको मृत्यु भएको छ। आज ७ हजार ६४४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

हिजो ८ हजार ९८० जनामा संक्रमण पुष्टि भएको थियो भने ८ हजार ८४८ जना संक्रमण मुक्त भएका थिए। यस्तै, गएकाे बिहीबारदेखि हालसम्म ३० हजार ९४५ जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएकाे छ।

आज १ हजार ७२१ जना आईसीयूमा उपचाररत रहेकोमा ४२४ जना भेन्टिलेटरमा छन्। यो अवधिमा काठमाडौंमा १ हजार ७६१, ललितपुरमा ६९४ र भक्तपुरमा ३६६ जना गरी उपत्यकामा २ हजार ८२१ जना संक्रमित थपिएका छन्।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु