विपक्षी गठबन्धनको बैठक बस्दै

२०७८, ८ जेष्ठ शनिबार १३:५५

जेठ, काठमाडौं सरकारले संसद विघटन गरेपछिको परिस्थितिबारे छलफल गर्न विपक्षी गठबन्धनका दलहरुको संयुक्त बैठक बस्दै

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह राष्ट्रिय जनमोर्चाका शीर्षनेताहरुको संयुक्त बैठक बस्न लागेको कांग्रेस नेता बालकृष्ण खाँणले जानकारी दिए

बिहान ११ बजे संसद भवनको ल्होत्से हलमा बस्ने बैठकमा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने उनले बताए

शुक्रबार विपक्षी गठबन्धनले १४९ सांसदको हस्ताक्षरसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई वैकल्पिक प्रधानमन्त्रीको रुपमा अघिसारेको थियो तर राष्ट्रपति विद्यादेवी भण्डारीले दाबी नपुगेको भन्दै संसद विघटन गरी निर्वाचन मिति घोषणा गरेकी थिइन् शुक्रबारमध्यरातमा संसद विघटन गरी आगामी कात्तिक २६ मंसिर मा मध्यावधि चुनाव घोषणा गरिएको

कांग्रेस नेता खाँणले राष्ट्रपतिको यो कदमलाई घोर अप्रजातान्त्रिक अलोकतान्त्रिक भएको टिप्पणी गरे उनले यसविरुद्ध सबै दलमिलेर अघि बढ्ने बताए

कोरोना महामारीको बेला संसद विघटन गरी चुनावमा जाने सरकारको निर्णयको सर्बत्र विरोध भइरहेको

Comments

ताजा खबर