संक्रमित हुनेभन्दा निको हुनेको संख्या धेरै

२०७८, ७ जेष्ठ शुक्रबार १७:४२

पाल्पा । पाल्पामा शुक्रबार १ सय ७४ जना कोरोना संक्रमित ‘डिस्चार्ज’ भएका छन् । १ सय १ पुरुष र ७३ जना महिलाले कोरोनालाई जितेर डिस्चार्ज भएका हुन्। केही दिनयता पाल्पामा संक्रमित हुनेभन्दा डिस्चार्ज हुनेको संख्या बढी देखिएको छ।

यस्तै ५९ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको माथागढीका २९, रामपुरका १, पूर्वखोलाका २, रम्भाका १, बगनासकालीका ६, तिनाउका १, रिब्दीकोटका १ र तानसेनका १८ जना गरी ५९ जना कोरोना संक्रमित थपिएका हुन् । ७४ जनाको कोरोना परीक्षण गरिएकोमा ५९ जनामा कोरोना संक्रमण देखिएको हो । थपिएका संक्रमितसंगै हालसम्म जिल्लामा सक्रिय संक्रमित संख्या १ हजार ४ सय ९९ पुगेको छ । जसमध्ये अस्पतालमा ७५ जनाको उपचार भईरहेको छ भने १ हजार ४ सय २४ जना होम आइसोलेशनमा बस्दै आएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । कोरोना सङ्ंक्रमणका कारण मृत्यु हुनेको संख्या हाल सम्म ७३ पुगेको छ ।
पछिल्लो केही दिनमा नयाँ संक्रमितको संख्यामा कमी देखिए पनि मृत्यु हुनेको संख्या भने घटेको छैन। पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको थियो। पाल्पामा कोरोना संक्रमण बाट दैनिक मृत्युु हुनेको औसत संख्या २ रहेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु