कोरोना बाट थप दुइको मृत्यु

२०७८, ७ जेष्ठ शुक्रबार १५:१२

पाल्पा । थप दुई जना कोरोना संक्रमितले ज्यान गुमाएका छन । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार तानसेन ६, का ७२ वर्षीय पुरुषको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । ती पुरुषको तानसेनस्थित मिसन अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।
यस्तै अर्का मृतक माथागढी २, रुप्सेका ६२ वर्षीय पुरुष रहेका छन। स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीलेका अनुसार कोरोना संक्रमण भई लुम्विनी मेडिकल कलेजमा उपचार भइरहेको अवस्थामा शुक्रबार बिहान मृत्यु भएको हो । यो सँगै पाल्पामा ७३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन ।

Comments

ताजा खबर