राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा देवकोटा विजयी

२०७८, ६ जेष्ठ बिहीबार २०:०५

काठमाडौं । गठबन्धनका उमेदवार डा. खिमलाल देवकोटा राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा  विजयी भएका छन् । निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै देवकोटा विजयी भएका हुन् । देवकोटाले ५ हजार ८८ मतभार पाएका छन् । त्यस्तै बादलले ४ हजार १४ मतभार पाए । देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको गठबन्धनका उमेदवार देवकोटाले प्रदेशमा ५८ मत पाए । त्यस्तै, बादलले ४५ र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट उमेदवार रहेका कृष्णबहादुर तामाङ तामाङले २ मत पाए । उनीहरुको मतभार क्रमशः दुई हजार ७४४, दुई हजार १६० र ९६ हुन्छ । स्थानीय तहमा देवकोटाले १२८, बादलले १०३ र तामाङले दुई मत पाएका छन् । उनीहरुको मतभार बादलको एक हजार ८५४, देवकोटाको दुई हजार ३०४ र तमाङको मतभार ३६ हुन्छ ।

Comments

ताजा खबर