संक्रमण मुक्तहुनेको संख्या बढ्यो, प्रयाप्त परिक्षण हुन सकेन

२०७८, ५ जेष्ठ बुधबार १७:३२

तानसेन । पाल्पामा बुधबार बार थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणका क्रममा ३७ पुरुष तथा ४६ महिलामा संक्रमण पुष्टि भएको हो । यो अबधिमा १ सय ६ जना संक्रमितहरु संक्रमणबाट मुक्त भएका छन।

थपिएका संक्रमितसंगै हालसम्म जिल्लामा सक्रिय संक्रमित संख्या १ हजार ५ सय ५३ पुगेको छ ।जसमध्ये अस्पतालमा ७९ जना र एचडियु कक्षमा ६ जना उपचाररत छन । यस्तै अस्पतालको आइसोलेशनमा ७३ जना रहेका छन भने १ हजार ४ सय ७४ जना होम आइसोलेशनमा बस्दै आएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । कोरोना सङ्ंक्रमणका कारण मृत्यु हुनेको संख्या हाल सम्म ६९ पुगेको छ ।
केहि दिन यता जिल्लामा संक्रमित भन्दा निको हुनेको संख्या कम थियो, भने बुधबार संक्रमित भन्दा निको हुनेको संख्या बढि देखिएको छ । प्रयाप्त रुपमा परिक्षण हुन नसक्दा संक्रमणहुनेको संख्या कम देखिएको हुन सक्छ । कोरोनाको लक्ष्यण देखिएका ब्यक्तिहरु बाहिर डुलिरहेको देखिन्छ जसले गर्दा संक्रमीत हुनेको संख्या धेरै रहेको अड्कल लिन सकिन्छ । संक्रमण न्यूनीकरणका लागी परिक्षणको दर बढाउन आवस्यक छ ।

Comments

ताजा खबर