संक्रमितका घरघरमा नगरप्रमुख

२०७८, ४ जेष्ठ मंगलवार १९:१९

स्याङ्जा । कोरोना संक्रमीत भएका बिरामीहरुलाई घरघरमा पुगी आत्मबल बढाउन प्रेरित गरिएको छ । पुतलीबजार नगरपालिकाका नगर प्रमुख सिमा कुमारी क्षेत्रीले संक्रमितहरुको घरमा पुगी परामर्स सहित औषधी बितरण गर्नु भएको छ ।
जिल्ला आयुर्वेद कार्यालय स्याङ्जाका प्रमुख डाक्टर सुभद्रा कार्की सहितको टिम लिई नगरपालिकाको वडा नम्बर ४ का संक्रमीतको घर घरमा पुगेर औषधि बितरण गर्नुभएको वडा अध्यक्ष ओम बहादुर खड्काले जानकारी दिनुभयो ।
नगरपालिकामा ७१ जना पुरुष र ७० जना महिला सहित १ सय ४१ जना सक्रिय संक्रमीत रहेका छन । यस्तै वडा नम्बर ४ मा ५ जना पुरुष र ११ जना महिला समेत १६ जना संक्रमीत रहेका छन । कोरोना भाइरसका कारण नगरपालिकामा ५ जनाले ज्यान गुमाएका छन भने ९३ जनाको पिसिआर परिक्षण नतिजा आइसकेको छैन ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु