१५ जेष्ठ सम्म थपियो निषेधाज्ञा

२०७८, ३ जेष्ठ सोमबार १४:१०

पाल्पा । जिल्ला प्रशासन कार्यालय पाल्पाबाट गत बैशाख १७ गते मध्यराती देखि जारी भएको निषेधाज्ञा जेष्ठ १५ गते सम्म थपिएको छ । पहिलो चरणमा बैशाख २४ गते मध्यराती सम्म, दोश्रो चरणमा जेष्ठ ४ गतेसम्म जारी भएको निषेधाज्ञा कोभिड – १९ महामारीले तिब्ररूप लिन थालेपछि थप कोरोना फैलिन रोकथामका लागी अवधी थप भएको हो ।

जेष्ठ ३ गते जिल्ला स्तरीय डिसिसिएमसीको बैठकले उक्त निर्णय गरेको हो ।

Comments

ताजा खबर