पाल्पा अस्पतालमा अक्सिजनको अभाब, ब्यवस्थापन नभए उपचार प्रभावित हुने

२०७८, ३ जेष्ठ सोमबार १३:३०

पाल्पा । दुईदिन अगाडी मात्र संचालनमा आएको पाल्पा अस्पतालको आइसोलेसनमा अक्सिजन अभाब भएको छ । अस्पतालले जारी गरेको नोट अनुसार पाल्पा अस्पतालमा अक्सिजन सिलिन्डर एकदमै आवस्यक रहेको र रिफिल गर्न समेत समस्या रहेकाले सहयोग माग गरेको छ। palpa hospital

पाल्पा अस्पतालका सूचना अधिकारी बिशर्जन शर्माका अनुसार कोरोना संक्रमण भएका बिरामीको लागी १४ वटा आइसोलेसन बेड छुट्टयाइएको छ । अहिलेसम्म अस्पतालमा ११ जना कोरोना संक्रमित बिरामीको उपचार भैरहेको छ । जसमध्ये १० जना बिरामीलाई अक्सिजन दिइरहेको छ । अस्पतालमा अहिलेसम्म ४ वटा मात्र अक्सिजन सिलिन्डर बाकी रहेको छ । यो सिलिन्डरले अबको ६ घण्टासम्म मात्र पुग्ने अस्पतालले जनाएको छ ।

सूचना अधिकारी शर्माका अनुसार सिलिन्डर भर्न अस्पतालको गाडी बुटवल गएको छ तर अहिलेसम्म भर्न सकेको छैन । समयमै ब्यवस्थापन हुन नसके बिरामीको उपचार प्रभाबित हुने देखिन्छ ।

Comments

ताजा खबर