परिक्षण कम भएपछी संक्रमित घटे

२०७८, २ जेष्ठ आईतवार २२:३३

पाल्पा । जिल्लामा कोरोना पारिक्षणको दायरा घटेपछी संक्रमितको सख्यामा कमि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाको तथ्यान्क अनुसार आइवार गरिएको परिक्षणमा १७ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै ७१ जनाले कोरोना जितेका छन् । बिभिन्न प्रयोगशालामा गरिएको पिसिआर र एन्टिजेन परीक्षणमा आएको नतिजा अनुसार १० पुरुष र ७ महिलामा संक्रमण पुष्टि भएको जनाएको छ ।

किट अभाबमा प्रयाप्त परीक्षण हुन सकेको छैन । बिगत ४ दिनदेखि संकलन गरि पठाइएका स्वावहरुको समेत परीक्षण हुन सकेको छैन । पाल्पामा हाल १ हजार ४ सय ८४ जना सकृय सक्रमित रहेका छन ।  स्वाव दिएका मान्छे बाहिर हिडिरहने र चार दिनसम्म पिसआर पारिक्षणको नतिजा नदिदा झनै त्रास थपिएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु