जबर्जस्ती करणी आरोपमा दुई पक्राउ

२०७८, १ जेष्ठ शनिबार २०:४७

पाल्पा । बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा दुई जना पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको तिनाउ गाउँपालिका बस्ने वर्ष ४४ का पूर्णचन्द्र बस्नेत र सोही स्थानका वर्ष ४३ का चन्द्र बहादुर विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाका अनुसार १३ वर्षकी बालिकालाई जबर्जस्ती करणी गरेको उजुरीका आधारमा दुबैजनालाई पक्राउ गरिएको हो । घटनाको बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

Comments

ताजा खबर