अर्घाखाँची समाज जापानद्वारा अस्पताललाई ५ थान अक्सीजन मेसिन हस्तान्तरण ।

२०७८, १ जेष्ठ शनिबार १२:११
टोकियो, जापान । अर्घाखाँची समाज जापानले अर्घाखाँची अस्पताललाई ५ थान इलेक्ट्रिक अक्सीजन कन्सनट्रेटर मेसीन हस्तान्तरण गरेको छ ।
जिल्लामा अक्सीजनको अभाव बढेसंगै कोरोना संक्रमीतको उपचार हुन नसकेको गुनासो आएपछि समाजले बिरामीको उपचारमा सहज होस् भनी मेसिन हस्तान्तरण गरेको हो ।
कोरोना महामारीका कारण अन्तराष्ट्रीय उडान बन्द भएको र जापानबाट मेसिन पठाउन नसकेकोले खरीदका लागी अस्पताललाई जिम्मा दिईएको थियो । समाजले मेसिन खरीदका लागी जापानमा आर्थिक सहयोग अभियान संचालन गरेको अध्यक्ष बाबुराम पौडेलले जानकारी दिनुभयो । अध्यक्ष पौडेलले जिल्लाबासीले अक्सीजन नपाई छटपटाईरहेको देख्दा आफूहरु हेरेर बस्न नसक्ने हुदा सहयोग गर्नु दायित्व भएको बताउनुभयो ।  उहाँले अभियानमा सहयोग गर्ने जापानबासी नेपालीहरु र समन्वयका लागी पत्रकार महासंघ अर्घाखाँचीलाई धन्यवाद व्यक्त गर्नुभयो ।
अभियान बाट संकलीत रकम र समाजको आन्तरीक कोषबाट गरी नगद ४ लाख ५० हजार पत्रकार महासंघ अर्घाखाचीका अध्यक्ष असोक खनाल मार्फत अस्पताललाई पठाएको समाजका कोषाध्यक्ष टोप वहादुर घर्ती मगरले जानकारी दिनुभयो । रकम पठाएको छोटो समयमै ३ वटा मेसिन आएको र विरामीले सेवा लिन सुरु गरेको अस्पतालका मेडिकल सुपरीटेन्डेन डा. कपिल गौतमले जानकारी दिनुभयो । देशभर अक्सीजनको अभाव भएकोले ५ वटै मेसिन एकै पटक ल्याउन नसकेकोले २ वटा मेसिन केही दिनमा आउने डा. गौतमले बताउनुभयो । अक्सीजन सिलिन्डर जस्तो भर्नुपर्ने झन्झट नभएकाले उपचारमा सहज भएको अस्पतालले जनाएको छ ।
Comments

ताजा खबर