रथ यात्रा नजिकिएपछि ललितपुर प्रशासनको कडा आदेश

२०७८, ३१ बैशाख शुक्रबार १९:३३

काठमाडौं, बैशाख ३१ । रातो मच्छिन्द्र नाथको रथ रहेको आसपास क्षेत्र पूर्वमा मदन स्मारक स्कुल अगाडिको चोक, पश्चिममा बारुण यन्त्र रहेको स्थान, दक्षिणमा सेन्ट जेभियर्स स्कुल अगाडिको चोक र उत्तरमा लविम मल पश्चिमपट्टिको सडकमा निषेध गरिएको छ।

फाइल फोटो

मिन नाथको रथ रहेको आसपास पनि प्रशासनले कडाइ गरेको छ। पूर्व गणेशस्थान मन्दिर, पश्चिममा टवहाल चोक, दक्षिणमा ईति चोक र उत्तरमा टंगाल र चक्रवहिली गल्लीसम्म प्रतिबन्ध लगाएको हो।

गतवर्ष कोरोना संक्रमणको जोखिम र प्रशासनको निषेधाज्ञाकै बीचमा रथयात्रा सुरु गरेपछि झडप भएको थियो।त्यसैलाई मध्यनजर गर्दै यस वर्ष प्रशासनले थप कडाइ गरेको हो। बैशाख शुक्ल प्रतिपदाबाट सुरु हुने यात्रा असार चौथिमा सम्पन्न हुन्छ।

Comments

ताजा खबर