अन्तर्राष्ट्रिय उडान ३१ मेसम्म बन्द, भारतसँग एयर बबलअनुसार सातामा २ उडान हुने

२०७८, २८ बैशाख मंगलवार १८:५३

काठमाडाैं ,वैशाख २८ । कोरोना भाइरसको दोस्रो लहर तीव्र बनेसँगै अन्तर्राष्ट्रिय उडानमा लगाइएको प्रतिबन्ध ३१ मे (जेठ १७ गते) सम्म लम्ब्याइएको छ।

फाइल फोटो
नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार सूचना जारी गर्दै जेठ १७ गते मध्यरातिसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने जानकारी दिएको हो।भारतसँग भने एयर बबल उडानअनुसार सातामा दुई उडान हुने प्राधिकरणको सूचनामा उल्लेख छ।यसअघि अन्तर्राष्ट्रिय उडान २२ गते मध्यरातदेखि वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरिएको थियो। कोरोना संक्रमण तत्काल नियन्त्रणमा आउने नदेखिएपछि उडान प्रतिबन्धको अवधि थप गरिएको हो। अहिले आन्तरिक उडानसमेत बन्द रहेको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु