यसपाली गाउँ फर्कदा ……………………..

२०७८, २८ बैशाख मंगलवार १८:१२
आयाम कार्की ।
गाउँ फर्कदा
यसपाली गाउँ फर्कदा
हेर्न पाउनेछौ आफ्नै गाउँको विकास
नथाक्नु !
यो पट्यार लाग्दो खाल्डाखुल्डी
गोरेटो बाटो देखेर
बाटैमा भेट्नेछौ
वर पिपल बिनाको चौतारी
तिर्खा लाग्दा भेट्नेछौ पानी विहिन पँधेरी
डोजरले भत्काएका डाँडा पाखा
माटो बोकेका दर्जनौ ट्रीपर
ट्रीपरले उडाएको धुलो
धुलोले ढाकेका रुख बिरुवा
मलिला खेतहरुमा ग्राविल गरेका घडेरी
घडेरीमा बन्दै गरेको नयाँ नयाँ घरहरु
अलिपर साघु तरेपछी
सुमसान वस्ति दैलो थुनिएका पुराना घर
अनि बाँझिएको बारी
माथिको भञ्ज्याङ्ममा पुगेर मात्र
थकाई मारौला हामी
धक फुकाएर मेटौला तिता मिठा
मन भित्रका कलेशहरु
वसाई सरेर रित्तो भएको गाउँ
घरको पिढी कुरेर बसेका
बुढा बुढी
शहर पसेर गाउँ नफर्केका
पिडाहरु
सन्तानको अनुहार हेर्न नपाई तड्पिएर बसेका आफन्त
जीवन उकास्न नसकेर गाउँ मै बल्झिएका ब्यथाहरु
तर पहिले झै
अर्नीको ठाउँमा पाउने छैनौ
भुटेका मकै
जौ को सातु
कोदोको रोटी
चामलको खट्टे
मिनरल बोतलको पानीले
निल्नेछौ चाउचाउ
देखाईदिनेछु
वसाई सरेर रित्तो भएको गाउँ
घरको पिढी कुरेर बसेका
बुढा बुढी
शहर पसेर गाउँ नफर्केका
पिडाहरु
सन्तानको अनुहार हेर्न नपाई तड्पिएर बसेका आफन्त
जीवन उकास्न नसकेर गाउँ मै बल्झिएका ब्यथाहरु
अझ आश्चर्य लाग्ने कुराहरु
सुनाउनेछु तिमिलाई
कहिले सरकार र विद्रोही बिचको भिड्न्त
भिड्न्तमा ज्यान गुमाएका आफन्त
वर्षौ वेपत्ता भएकाहरुको व्यथा
राज दरबार भित्रको हत्याकाण्ड
त्यही माथी भुईचालोले
भुईचालो ले थङ्ग्लिएको देशको
नाजुक अर्थतन्त्र
त्यो सितलामाई
विदेश बाट गाउँमा पसेको देसान
कहिले बर्ड्फ्लु र स्वाईन फ्लूको महामारी
कहिले कोरोना भाईरसको प्रकोप
र त्रासै त्रासमा अत्तालिएका मानिसहरु
त्यसै बिच
भेटाईदिनेछु तिमीलाई
मृत्युको मुखै बाट फर्किएका
भाग्यमानीहरु उज्यालो अनुहार
देखाइदिनेछु तिमिलाई
ख्याल ख्यालैमा ज्यान गुमाएर
चिहानमा पुगेका अभागीहरुको चिहान
तर !
गाउँ गाउँमै सिहँदरबार र सघियता आएपछि
परिवर्तन हुदैछ गाउँ पनि
खेती गर्ने खेत मासेर बसेका बजार
ठुला साना रेष्टुरेन्ट
रेष्टुरामा पाकेका मो:मो चाउमिनका ब्रेकफास्ट
झलमल कपडा पसल
ईन्टरनेटमा रमाएका वयस्क युवाहरु
विदेश पसेका
श्रीमान श्रीमति विचको भिडियो कुराकानी
रङ रोगनले सजिएको
तर विध्यार्थी विहिन सरकारी स्कुल
विरामी विहिन स्वास्थ्य चौकिहरु
सबै सबै
Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु