गण्डकी प्रदेश : गठबन्धन सरकार नबन्ने संकेत

२०७८, २८ बैशाख मंगलवार १७:५३
पोखरा । गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका एक सांसदले गठबन्धनलाई सहयोग नगर्ने भएका छन् ।

फाइल फोटो

राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले कांग्रेस-माओवादी-जसपाको गठबन्धनलाई साथ नदिने भन्दै हस्ताक्षर नगर्ने भएका छन् ।गत वैशाख २६ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएसँगै बहुमतको सरकार गठनका लागि ३ दिनको समयत दिइएको छ । तर जनमोर्चाका सांसदले साथ नदिँदा चार दलको गठबन्धन सरकार नहुने भएको छ । मुख्यमन्त्री गुरुङले राजीनामा दिएसँगै गण्डकी प्रदेशका कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठनका लागि कांग्रेससहित माओवादी, जसपा र जनमोर्चा लागेका छन् । तर जनमोर्चाका सांसदले साथ नदिने हो भने गठबन्धन सरकार गठन हुन नसकी पुनः मुख्यमन्त्री गुरुङकै नेतृत्वमा सरकार गठन हुने देखिन्छ । हाल प्रदेशसभामा कांग्रेसका १५, माओवादी केन्द्रका १२ र जसपाका २ सांसद रहेका छन् ।

गठबन्धन सरकार गठनमा सहयोग गर्न जनमोर्चाले आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ । जनमोर्चाले साथ नदिने हो भने बहुमत नपुग्ने देखिन्छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु