केपी ओलिले स्मरण गराएको रामायणको कथा

२०७८, २८ बैशाख मंगलवार १७:३४

जयराम सापकोटा ।

लंकाका राजा रावण एक व्राह्मण पुत्र थिए । उनी चारै वेदका ज्ञाता थिए । उनिजस्तो सर्वज्ञ स्वर्गका राजा देवर्षि ईन्द्र पनि थिएनन । उनि श्री महादेवका परम भक्त थिए यहाँ सम्म कि उनले शिवजीलाई खुसी पार्न आफ्नै टाउकोलाइ दस पटक सम्म छेदन गरेका थिए  । तथापी आफ्नो परमभक्त भएकोले महादेवले उनले जति पटक टाउको काटेर शिवलाइ चढाउन थाल्छन उति पटक उनलाई टाउको थपिदिएका दिए । यहाँ सम्मकि एक दिन रावणले शिवको तपस्या गरेर शिवलाई अत्यन्त खुसिपार्दा शिवले जस्तो सुकै वर मागे पनि दिने प्रण गरे र त्यहि मौका छोपी रावणले पार्वती माग्यो र शिव लाचार भई आफ्नै अर्धाङ्गगिनी पार्वती वरदानको रुपमा रावणलाई दिए र उसले माता पार्वतीलाई लाँदै गर्दाको कुरा चाल पाएर भगवान विण्णुले एउटा सुन्दर युवक बनी रावणलाई झुक्याएर पार्वतीको उद्धार गर्नु भएको थियो ।

यसको तात्पर्य २०७८ वैशाख २७ गते आफू आफ्नैवाट सत्ताच्युत हुनु परेको परिघटनामा आधारित लेख पौराणिक कथा सँग मेल खाएकोले यो लेख केवल संयोगमात्र हुनेछ  । 

विश्वासको मत पुगेन, नयाँ सरकार गठनको बाटो खुल्यो

यस्तै रावणले आफ्ना ईष्टदेवको रुपमा मान्ने श्रीमहादेवलाई लंकामै लगी राख्ने इच्छाले लंकामा छुट्टै सुनैसुनको दरवार तयार गरि शिवजीलाई लिन कैलास पुगेका थिए । शिवजिले आफू कैलास छोडि जान नमिल्ने भन्दै आफ्नो ज्योर्तिरलिंङ्ग दिई यसलाई अन्त कतै भुईमा नराख्नु र तिम्रो त्यो सुनको दरवार मै राख्नु र मेरो पुजा आरधना त्यहि गर्नु म स्वयं त्यसैमा रहनेछु भनी दिनु भयो र रावले त्यो ज्योर्तिरलिंङ्ग लिई घर हिड्यो । उसले विच वाटोमा पुग्दा एउटा गाई चराउने गोठालो वनेका (वैजनाथ)लाई उक्त ज्योर्तिरलिंङ्ग दिई आफु एक छिन कतै गयो र हातमा समाएका वैजनाथले त्यो मुर्तिलाई भुईमा राखि दिएछन पछि उ आएर उठाउन खोख्दा महादेवको वचन मिथ्या गरेको हुनाले त्यो मुर्ति उठाउनै सकेन पछि शिवलिंङ्गलाई त्यहि छाडेर आफू लँका पुग्यो जहाँ ऐले वैजनाथको मन्दिर निर्माण भएको छ र त्यस मन्दिर भित्र उनै शिवलिंङ्ग स्थापित छदैछन ।

रावणले आफ्नो अहंताले गर्दा माता सीतालाई जोगीरुप धारण गरि हरण गरेर लंकामा ल्यायो र त्यति वेला उनका भाइ विभिषणले भनेका थिए दाई यो अहंता नगर्नु सीता मातालाई तुरुन्त उहीँ लगेर छाड्नु र राम सँगको दुस्मनी नगर्नु तपाईलाई के नपुग्द नपुग्दो छ र भनेर वारम्वार भनेका थिए ।  तर रावणको अभिमानले वरु भाईको साथ छोड्ने तर सीतालाई नछोड्ने अठोट लियो । तर पनि भाईले वारम्वार अविनय विनय गरे त्यसो नगर्नु भनेर ! तर शक्ति र शत्ताको अविमानले अनमत्त भएको रावण भाईमाथी कठोर वन्दै गयो र वाध्य भएर भाई विभिषण दाईको साथ छाडेर वनवासी श्रीराम तिर लागे जसै महान युद्द सुरु हुन गयो रामलाई रावणको भित्रि कुरा थाहा पाउन रावणकै भाईवाट धेरै सजिलो भयो र अन्ततोगत्वा रामणले युद्धमा राज्यको सत्ता मात्र होइन लँका नै खरानी भएको देख्नु पर्यो भने अन्त्यमा आफुपनि विलयहुनु पर्यो । यसको तात्पर्य २०७८ वैशाख २७ गते आफू आफ्नैवाट सत्ताच्युत हुनु परेको परिघटनामा आधारित लेख पौराणिक कथा सँग मेल खाएकोले यो लेख केवल संयोगमात्र हुनेछ  ।

Comments

ताजा खबर