बिरामी बढेसंगै अस्पतालमा बेड छैन, १ सय ७९ संक्रमीत थपिए

२०७८, २७ बैशाख सोमबार १७:४६

पाल्पा । पछिल्लो समय कोरोना संक्रमणको दर डरलाग्दो अवस्थामा बढेको छ । दैनिक रुपमा रेकर्ड थपिदै गएको पाल्पामा सोमबार १ सय ७९ जना संक्रमीत थपिएका छन । यो संख्या थपिदा पछिल्लो २४ घण्टामा ८१ जनाले कोरोनालाई जितेका छन ।

सोमबार थप भएका मध्ये सबैभन्दा धेरै तानसेन नगरपालिकाका ६२ जना रहेका छ । यस्तै रिब्दीकोट ५६, बगनासकाली २०, माथागढी १५, पूर्वखोला ६, रैनादेवीछहरा ६, रम्भा ६, तिनाउमा २ र निस्दी गाउँपालिकाका २ जमा रहेका छन । यस्तै र रामपुर नगरपालिकाका ४ जना रहेका छन । पाल्पामा हालसम्म कोरोनाका कारण ५३ जनाले ज्यान गुमाउनुपरेको छ ।
जिल्लामा कोभिडका बिरामी बढेसंगै पाल्पाका अस्पतालमा बेड नपाउने समस्या बढेको छ । कोरोना उपचारका लागी मिसन अस्पताल पुगेका बिरामी  बेड नपाइ फर्किनु परेको छ ।

Comments

ताजा खबर