अक्सिजन पुर्‍याउन सकिँदैन आफै ब्यवस्थापन गर्नु: भिम अस्पताल

२०७८, २४ बैशाख शुक्रबार २१:०८

रुपन्देही । सदरमुकाम भैरहवामा रहेको भीम अस्पतालले कोरोना संक्रमितहरुलाई अक्सिजन पुर्‍याउन नसकिने जनाएको छ । अस्पताल प्रशासनले शुक्रबार एक सूचना जारी गर्दै कोरोना संक्रमितको अत्यधिक चाप भएकाले भर्ना भएका बिरामीलाई अक्सिजन पुर्‍याउन नसकिने अवस्था आएको बताएको छ । बिरामीका आफन्तलाई अक्सिजनको आफैं जोहो गर्न पनि अस्पतालले आग्रह गरेको छ

अस्पतालमा ६३ एचडीयू र ५ आईसीयूसहित ६८ बेडमा कोरोना संक्रमितको उपचार भइरहेको छ । अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलका अनुसार दैनिक ४०० सिलिण्डर अक्सिजन आवश्यक पर्ने भएपनि २०० सिलिण्डर मात्र आपूर्ति भइरहेको छ ।
अक्सिजन अभाब भएर बिरामीको उपचारमा समस्या देखिएको हुँदा सरकारले जारी गरेको निर्देशन अनुसार सहि ब्यवस्थापन हुन र अस्पतालमा अक्सिजन आपूर्ति हुन आवश्यक छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु